नेपाली निर्माताले बलिउड चलचित्र ‘लैला मञ्जु’ निर्माण गर्दै

service

नेपाली निर्माताले बलिउड चलचित्र ‘लैला मञ्जु’ निर्माण गर्दै

  • July 22, 2020
  • admin

काठमाडौ । सर्वाधिक चर्चित अभिनेत्री सन्नी लियोनीद्धारा अभिनित चर्चित नेपाली चलचित्र पासवर्ड चलचित्रका निर्माता अमित बस्नेतले नेपाली चलचित्र क्षेत्रलाई अझ फराकिलो बनाउनुभएको छ । नेपाली फिल्म कम्पनी ए.बी. इन्टरनेसनलले अब बलिउड चलचित्र ‘लैला मञ्जु’ नामक चलचित्र निर्माण गरेको छ । यो चलचित्र भदौ र असोजमा रिलिज हुने भएतापनि कोरोना भाईरस (कोभिड–१९) ले गर्दा रोाकिएको छ । निर्माता भन्छन् यस महामारीमा हामीले बिजिनेशलाई भन्दा पनि स्वास्थ्यलाई प्राथमिकता दिनु उचित हो ।

ए.बी. इन्टरनेशनलको ब्यानरमा निर्माण हुने चलचित्र ‘लैला मञ्जु’ मा प्रेमराज प्रोडक्सन र मुरलीवाले प्रोडक्सनको सहकार्य रहेको छ । चलचित्रलाई बलिउडका चर्चित निर्देशक प्रेम राज सोनिले निर्देशन गरेका छन् । सोनि ८ वर्षको अन्तरालमा बलिउडमा फेरि कम्ब्याक गरिरहेका छन् । चलचित्रमा बलिउडका चर्चित कलाकार फरिदा जलाल, महेश माझरेकर, जिमि शेरगिलको भुमिका रहेको छ भने मुख्य भुमिकामा ससाङ् भ्यास चर्चित सिरियल बालिका बदुबाट, अभिमन्यु तोमर र मिस इन्डिया नेहल चुदासमा रहेको रहेको छ । यो चलचित्र समलिङ्गीको सम्बन्धमा आधारित छ । चलचित्रमा समलिङ्गीले समाजमा भोग्नुपर्ने कठिनाइलाई हास्य ब्याङ्ग्य रुपमा प्रस्तुत गरिनेछ ।

 

थप खबरका लागि तलका लिङ्कहरु क्लिक गर्नुहोस् ।