रिलिज कन्फर्म: हरितालिका तीजमा ‘सम्हालिन्छ कहिले मन’

service

रिलिज कन्फर्म: हरितालिका तीजमा ‘सम्हालिन्छ कहिले मन’

  • February 7, 2020
  • admin

पूजा शर्मा, आकाश श्रेष्ठ र सोनम तोप्देन अभिनित सिनेमा ‘सम्हालिन्छ कहिले मन’को रिलिज डेट फाइनल भएको छ । सिनेमा हरितालिका तीजको अवसर पारेर भदौ ५ गते रिलिज हुने निर्माता अजितकुमार थापाले जानकारी गराए ।

निर्माणको लामो समयसम्म प्राविधिक कारणबस रिलिज हुन नसकेको सिनेमा भदौ ५ मा कन्फर्म रिलिज हुने थापाले बताए ।

सुदर्शन थापाको निर्देशनमा बनेको सिनेमामा पूजा, आकाश र सोनमसँगै सरोज खनाल, गौरी मल्ल, धिरेन शाक्यलगायतका कलाकारको अभिनय छ ।

लण्डन, स्कटल्याण्ड र वेल्समा छायांकन गरिएको सिनेमा एबी इन्टरनेशनल व्यानरमा निर्माण भएको छ । यहि व्यानरले बलिउड अभिनेत्री सन्नी लियोनीलाई लिएर सिनेमा ‘पासवर्ड’ निर्माण गरेको थियो ।

त्रिकोणात्मक प्रेमकथाका निर्मातामा अजितकुमारसँगै अमित बस्नेत छन् । अंकित गौतम र सनिष खकुरेल कार्यकारी निर्माता रहेको सिनेमामा परि राना सह-निर्माता छन् ।

सिनेमामा महेश दवाडीको कथा, अर्जुन पोखरेल, सुगम पोखरेल र ताराप्रकाश लिम्बुको संगीत, सौरभ लामाको छायांकन, कविराज गहतराजको कोरियोग्राफी छ ।